काठमाडौं । मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि फ्रेन्चाइजी टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने काम तीव्र रूपमा अघि बढाएका छन् । प्रतियोगिताको नियमअनुसार, हरेक टोलीले अधिकतम ६ जना विदेशी खेलाडी राख्न पाउनेछ, जसमा ४ जना मात्र प्लेइङ ११ मा समावेश गर्न सकिनेछ । यही नियम अनुसार टोलीहरूले आफ्नो आवश्यकता अनुसार खेलाडी भित्र्याउँदै छन् ।
अहिलेसम्म ३९ जना विदेशी खेलाडी अनुबन्ध भइसकेका छन्, र केही थपिने प्रक्रिया जारी छ । यी खेलाडीहरूमध्ये सबैभन्दा चर्चित नाम भारतका शिखर धवन हुन् । भारतका पूर्व ओपनर धवनलाई कर्णाली याक्सले आकर्षक रकममा अनुबन्ध गरेको छ । उनले कर्णालीका लागि कम्तीमा ४ खेल खेल्नेछन्, र प्रत्येक खेलका लागि ३० हजार अमेरिकी डलर पारिश्रमिक पाउने सम्झौता भएको छ ।
अन्य अनुबन्धित खेलाडीहरूमध्ये न्युजिल्यान्डका मार्टिन गप्टिल र जिमी निशम, नामिबियाका जान निकोल लोफ्टी इटन, नेदरल्यान्ड्सका माइकल लेभिट र स्कटल्यान्डका माइकल लिस्क र ब्रान्डन मक्मलेनजस्ता चर्चित नाम समावेश छन् । यद्यपि, ती खेलाडीहरूको पारिश्रमिक भने सार्वजनिक गरिएको छैन ।
टोलीहरूको खेलाडी अनुबन्ध स्थितिलाई हेर्दा पोखरा एभेन्जर्सले आफ्नो ६ विदेशी खेलाडीको कोटा पूरा गरिसकेको छ । विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सले ५/५ जना खेलाडी अनुबन्ध गरेका छन् । कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले ४/४ जना खेलाडीलाई टोलीमा समावेश गरेका छन् ।
अनुबन्धित विदेशी खेलाडीहरूको सूची
विराटनगर किंग्स
मार्टिन गप्टिल (न्युजिल्यान्ड)
क्रिस सोल (स्कटल्यान्ड)
निकोलस किर्तोन (क्यानडा)
अकिव इल्यास (ओमान)
इस्मात आलम (अफगानिस्तान)
जनकपुर बोल्ट्स
शोएब मक्सुद (पाकिस्तान)
जिमी निशम (न्युजिल्यान्ड)
मोहम्मद मोहसिन (पाकिस्तान)
लाहिरू मिलन्था (अमेरिका)
जोशुआ ट्रम्प (अमेरिका)
चितवन राइनोज
मार्चन्ड डे लांग (दक्षिण अफ्रिका)
रवी बोपारा (इंग्ल्यान्ड)
ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड)
हसन इसाखिल (अफगानिस्तान)
जान निकोल लोफ्टी इटन (नामिबिया)
काठमाडौं गुर्खाज
नाथन सोउटर (इंग्ल्यान्ड)
स्टेफन इस्किनाजी (इंग्ल्यान्ड)
ड्यान डौथवेट (इंग्ल्यान्ड)
माइकल लेभिट (नेदरल्यान्ड्स)
जेहार्ड एरासमस (नामिबिया)
पोखरा एभेन्जर्स
म्याट क्रिचली (इंग्ल्यान्ड)
बास डे लिडे (नेदरल्यान्ड्स)
एण्डरसन फिलिप (वेस्ट इन्डिज)
रेमन राइफर (वेस्ट इन्डिज)
माइकल लिस्क (स्कटल्यान्ड)
आन्द्रेस गौस (अमेरिका)
लुम्बिनी लायन्स
बेन कटिङ (अस्ट्रेलिया)
टम मूर्स (इंग्ल्यान्ड)
रेमन सिमन्ड्स (वेस्ट इन्डिज)
उन्मुक्त चन्द (अमेरिका)
साद विन जाफर (क्यानडा)
कर्णाली याक्स
शिखर धवन (भारत)
हुनेस तलात (पाकिस्तान)
चाडविक वाल्टन (वेस्ट इन्डिज)
बाबर हायत (हङकङ)
सुदूरपश्चिम रोयल्स
सेफ अलि जेब (इंग्ल्यान्ड)
स्कट कुगेलेइन (न्युजिल्यान्ड)
ब्रान्डन मक्मलेन (स्कटल्यान्ड)
रोहन मुस्तफा (युएई)






