एजेन्सी । ऋषभ पन्तले आईपीएल २०२५ को अक्सनमा इतिहास रचेका छन् । उनले आईपीएल अक्सन इतिहासका सबैभन्दा महंगा खेलाडीको रेकर्ड कायम गरेका छन् । साउदी अरबको जेद्दा शहरमा चलिरहेको आईपीएल अक्सनको पहिलो दिन २७ वर्षका पन्तमाथि २७ करोड रुपैयाँको बोली लागेको थियो । उनलाई लखनउ सुपर जायन्ट्सले आफ्नो टिममा सामेल गर्यो । पन्त पछि श्रेयस अय्यरमाथि ठूलो बोली लागेको छ । उनलाई पंजाब किंग्सले २६.७५ करोडमा किन्यो ।
१. ऋषभ पन्त
विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्त आईपीएल २०२५ मा लखनउ सुपर जायन्ट्सका लागि खेल्नेछन् । उनलाई आईपीएल २०२५ अक्सनमा २७ करोडमा किनियो । पन्तले २०१६ मा आईपीएलमा डेब्यू गरेका थिए र अहिलेसम्म १११ आईपीएल खेलमा ३२८४ रन बनाएका छन् ।
२. श्रेयस अय्यर
भारतीय मिडिल अर्डर ब्याट्सम्यान श्रेयस अय्यर आईपीएल २०२५ मा पंजाब किंग्सको लागि खेल्नेछन् । उनलाई २६.७५ करोडमा किनियो । अय्यर आईपीएलका एक मात्र खेलाडी हुन् जसले कप्तानको रूपमा दुई फरक टिमसँग आईपीएल फाइनल खेलेका छन् । उनले ११६ आईपीएल खेलमा ३१२७ रन बनाएका छन् ।
३. मिचेल स्टार्क
अष्ट्रेलियाका तेज बलबाज मिचेल स्टार्कलाई कोलकाता नाइट राइडर्सले २०२४ मा २४.७५ करोडमा किन्यो । केकेआर र गुजरात टाइटन्स बीच स्टार्कको बोलीको लागि भिडन्त भएको थियो । स्टार्कले १४ खेलमा १७ विकेट लिए र शानदार प्रदर्शन गरेका थिए ।
४. पैट कमिन्स
अष्ट्रेलियाका कप्तान पैट कमिन्सलाई सनराइजर्स हैदराबादले २०२४ मा २०.५ करोडमा किन्यो । कमिन्सको कप्तानीमा हैदराबाद फाइनलमा पुगेको थियो । उनले १६ खेलमा १८ विकेट लिएका थिए ।
५. सैम कर्रन
इङ्ल्याण्डका सैम कर्रन आईपीएल अक्सनमा १८.५० करोडमा बिकेका थिए । पंजाब किंग्सले उनलाई २०२३ मा आफ्नो टिममा समेटेको थियो । २०२२ को टी-२० विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट चयन भएका इङ्ल्याण्डका यस क्रिकेटरलाई पंजाब टिमले दुई सिजनसम्म आफ्नो साथ राखेको थियो । सैम कर्रन एक ऑलराउन्डर हुन् । उनले २७ खेलमा ५४६ रन बनाएका छन् । उनले बलिङ्गबाट पनि राम्रो प्रदर्शन गरे र २६ विकेट पनि लिएका छन् ।
६. अर्शदीप सिंह
तेज गेंदबाज अर्शदीप सिंहलाई पंजाब किंग्सले आरटीएम (राइट टू मैच) का उपयोग गरेर आफ्नो टिममा समेटेको छ । अर्शदीपलाई पंजाब किंग्सले आईपीएल २०२५ को अक्सनको पहिलो दिन १८ करोडमा किन्यो । अर्शदीपले ६० टी-२० अन्तर्राष्ट्रिय खेलमा ९५ विकेट लिएका छन् । उनले ६५ आईपीएल खेलमा ७६ विकेट लिएका छन् ।
७. कैमरन ग्रीन
अस्ट्रेलियाका ऑलराउन्डर क्यामरन ग्रीनलाई मुम्बई इन्डियन्सले २०२३ को अक्सनमा १७.५० करोडमा किनेका थिए । ग्रीनले मुम्बईको तर्फबाट १६ खेलमा ४५२ रन बनाउनुका साथै ६ विकेट पनि लिएका थिए । आफ्नो पहिलो सिजनमा ग्रीनले राम्रो प्रदर्शन गरे, तर २०२४ मा उनलाई मुम्बईबाट आरसीबीमा ट्रेड गरिएको थियो ।
८. बेन स्टोक्स
इङ्ल्यान्डका बेन स्टोक्सलाई १६.२५ करोडमा चेन्नई सुपर किंग्सले किनेको थियो । उनले दुई खेल मात्र खेले तर उनको मूल्य धेरै थियो ।
९. क्रिस मॉरिस
साउथ अफ्रिकाका क्रिस मॉरिसलाई १६.२५ करोडमा राजस्थान रॉयल्सले किनेको थियो । उनले ११ खेलमा १५ विकेट लिए र बल्लेबाट ६७ रन बनाएका थिए ।
१०. युवराज सिंह
युवराज सिंह २०१५ को आईपीएल अक्सनका सबैभन्दा महंगा खेलाडी बनेका थिए । उनलाई दिल्ली क्यापिटल्सले १६ करोडमा किन्यो, तर उनले त्यति राम्रो प्रदर्शन गरेनन् । उनले १४ खेलमा २४८ रन मात्र बनाएका थिए ।






