मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको आरम्भमा हजुरलाई स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । परिवारसँग मनमुटाव रहनेछ । वैदेशिक काममा समय अनुकूल नहोला । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । धार्मिक यात्रा गर्नुपर्ला । साताको अन्तिममा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । नोकरी वा पेशामा अधिकारीहरूबाट सम्मान पाइनेछ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनको लागि यो सप्ताह राम्रो रहनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको मध्यमा व्यापार व्यवसायमा हानी हुने सम्भावना छ । साताको अन्तिममा राजनीतिक क्षेत्र वा सामाजिक क्षेत्र दुवैतिर मान प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापारको विस्तारको लागि समय अनुकूल रहेको छ । स्वास्थ्यको लागि विश्राम र खानपानमा ध्यान दिनुहोला । दाम्पत्त्य जीवनमा मनमुटाव हुन सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
नोकरी वा पेशामा शत्रुहरू बढ्नेछन् । वित्तीय लेनदेनमा समस्या आउन सक्छ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । साताको मध्यमा आर्थिक कारोबारमा विस्तारका नयाँ अवसरहरू आउनेछन् । जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ । साताको अन्तिममा अप्रिय समाचारले मन अशान्त हुन सक्छ । आफ्नो महत्वकांक्षा पूरा गर्नमा गाह्रो हुनेछ । बच्चाहरूलाई मौसमी बिमारीदेखि जोगाउनुहोस् ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा सकरात्मक विचारले मन प्रसन्न रहनेछ । सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ । निभाउन नसक्ने वाचा नगरौँ । साताको मध्यमा पेट सम्बन्धी समस्या देखा पर्न सक्ला । खानपानमा विशेष ध्यान दिनुहोला । सवारी साधनमा धन खर्च हुनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । साताको अन्तिममा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ । मिडिया र चलचित्रको क्षेत्रबाट लाभ मिल्नेछ । प्रतिस्पर्धी छात्रहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ । कार्यक्षेत्रमा नयाँ अवसरको प्रयत्न गर्नुहोला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा आफन्तहरूसित रमाइलो समय बित्नेछ । छरछिमेकीसँग बोल्दा बाणीको ध्यान राखौँ । व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन् । साताको मध्यमा जीवन साथीसंग मनमुटाव रहनेछ । नोकरी वा पेशामा सहयोगीहरूसित नउल्झिनुहोस् । साताको अन्तिममा व्यापार व्यवसायमा थोरै मेहनतले पनि अप्ठ्यारो कार्य सम्पादित हुनेछ । श्वासप्रश्वास सम्बन्धी समस्या छ भने बढ्नेछ । कार्यक्षेत्रमा मित्रवर्गहरूको सहयोग मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा कार्यक्षेत्रमा कार्यकुशलताले अधिकारी वर्गहरु प्रभावित रहनेछन् । घरपरिवारसंग भ्रमणको योग रहेको छ । अध्यापनको क्षेत्रबाट सम्मान पाइनेछ । साताको मध्यमा नयाँ व्यापार प्रारम्भ गर्नुभन्दा अघि माता पिता वा जानकार को सल्लाह अवश्य लिनुहोला । साताको अन्तिममा व्यापार व्यवसायमा सहयोगीहरूको सहयोगले गर्दा रोकिएका काम प्रारम्भ हुनेछन् । व्यापार क्षेत्रमा पारदर्शिता राख्नुहोस् ।आयका नयाँ स्रोतहरू बन्नेछन् ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा नयाँ अवसरहरू हात लागि पर्नेछ । विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । साताको मध्यमा कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ । नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ । साताको अन्तिममा मन ऊर्जावान रहनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आर्थिक पक्ष सामान्य रहनेछ । अध्ययनमा प्रगति हुनेछ । कार्यक्षेत्रलाई लिएर गरिएको यात्रा सफल रहनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा भाग्यको अपेक्षा कर्ममा विश्वास राखेर रोकिएका कार्य प्रारम्भ गर्नुहोस् सफलता मिल्नेछ । व्यापार विस्तारको लागि थप लगानी लगाउने अवसर मिल्नेछ । साताको मध्यमा भौतिक सुखमा वृद्धि हुनेछ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक पक्ष मजबुत रहनेछ । साताको अन्तिममा अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ साथै घर परिवारमा रमाइलो जमघट रहनेछ । समाजमा प्रभाव बढ्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा वैदेशिक आवेदनको लागि कागजपत्र दिनुभन्दा अघी जाँच गरौं । समाजमा मान सम्मान बढ्नेछ । घरेलु आवश्यकताको पूर्तिमा धन खर्च हुनेछ । कानुन विपरीत कार्य नगरौं । साताको मध्यमा घरमा मांगलिक कार्यले मन प्रसन्न रहनेछ । मठ मन्दिर वा देवस्थानको यात्रा हुनेछ । प्रेम सम्बन्धमा प्रेम जताउनुहोस्, सफलता मिल्नेछ । साताको अन्तिममा व्यापारभन्दा सेवा मुलुक कामबाट लाभ पाइनेछ । शेयर मार्केटको लगानीबाट लाभ मिल्नेछ । नोकरी वा पेशामा नयाँ कार्य थप हुनेछ । लामो यात्रा कष्टपूर्ण रहन सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता तपाईले आफ्नो व्यक्तिगत जीवनमा ध्यान दिनुपर्ने हुन्छ । आध्यात्मिक क्षेत्रमा समय बिताउन सक्नुहुन्छ । सञ्चित धनमा वृद्धि हुनका साथै व्यापार र व्यवसायमा विस्तार हुनेछ । परिवारमा स्वास्थ्य सम्बन्धित समस्या रहन सक्छ । व्यर्थको कुरामा समय खेरा नफालौं, समय अनुसार कार्य सम्पादित गर्ने प्रयास गर्नुहोस् । कुनै पुरानो साथीसंग भेटघाटका योगहरू रहेका छन् । साताको अन्तिममा केही ठोस निर्णयहरू लिन सक्नु हुनेछ । विद्यार्थी वर्गहरूको साहसमा वृद्धि हुनेछ । साथै आत्मविश्वास पनि बढ्ने छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता तपाईको लागि कर्म क्षेत्रमा राम्रो उन्नतिका अवसरहरू रहेका छन् । आयमा वृद्धिका योगहरू रहेका छन् भने आर्थिक पक्ष सबल रहने छ । दाई र दिदीको माध्यमबाट कुनै विशेष कार्य सम्पन्न हुने सम्भावना रहेको छ । साताको अन्तिममा लगानीको लागि समय उपयुक्त छैन । प्रेम सम्बन्ध सुमधुर रहने छ भने दाम्पत्य जीवनमा पनि राम्रा योगहरू रहेका छन् । नयाँ जागिरको खोजीमा हुनुहुन्थ्यो भने प्राप्त हुने सम्भावना रहेको छ । विद्यार्थी वर्गहरूको पढाइमा राम्रो स्थिति रहेको छ । आत्मविश्वासमा वृद्धिको साथै मनोबल पनि राम्रो रहेको छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
व्यापार व्यवसायमा अरूमाथि विश्वास गरेर कुनै पनि काम नछोड्नुहोला । आफ्नो गोप्य कुरा सकेसम्म कसैलाई पनि शेयर नगर्नुस् । साताको प्रारम्भ अलिकति तनावमा व्यतित हुन सक्छ भने मध्य सातामा केही विशेष कार्यहरू सम्पन्न हुने सम्भावना रहेको छ । स्वास्थ्यको दृष्टिकोणले रुगाखोकी लाग्ने सम्भावना रहेको छ । प्रेम सम्बन्धमा केही समस्या रहेको थियो भने सुल्झिने छ । विद्यार्थी वर्गमा पर्नुहुन्छ भने साताको प्रारम्भ भन्दा मध्य र अन्त्य समय राम्रो रहेको छ ।




