एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा केहि कमी आएको छ । सरकारी अधिकारीहरुले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ३४ हजार ८६५ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या ३८ हजार ४९१ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको कुल संख्या ३ करोड ४ लाख ६० हजार ३०४ पुगेको छ ।
भारतमा अहिले पनि कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या ४ लाख ११ हजार ८९८ रहेको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको संख्या ४ लाख १९ हजार ५०२ रहेको छ । ती मध्ये ४८१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।






