काठमाडौं । जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा आयोजक जापान शिर्ष स्थानमा रहेको छ । जापानले अमेरिका र चीनलाई पछि पारेको हो । जापानले आठ स्वर्ण पदक जित्दै शिर्ष स्थानमा रहेको छ ।
जापानले १० स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित १८ पदक जितेको छ । त्यस्तै अमेरिकाले ९ स्वर्ण पदक जितेको छ । अमेरिकाले ९ स्वर्ण, ८ रजत र ८ कास्यसहित २५ पदक जितेको छ ।
चीन भने ९ वटा स्वर्ण पदकसहित तेस्रो स्थानमा छ । चीनले ९ स्वर्ण, ५ रजत र ७ वटा कास्य गरी कुल २१ पदक जितेको छ । यस्तै रसियन ओलम्पिक कमिटीले ७ स्वर्ण, ७ रजत र ४ कास्य गरी १८ पदक जितेको छ ।







