सिरहा । सिरहाको भगवानपुर गाउँपालिका ४ स्थित सीमाक्षेत्र नजिकैबाट सशस्त्र प्रहरीले भारततर्फ तस्करी गरी लैजाँदै गरेको १ सय ५८ कार्टुन टुथपेस्ट बरामद गरेको छ । सशस्त्र प्रहरी बल सिरहाका अनुसार, मंगलबार बिहान बरामद गरिएको टुथपेस्टको मूल्य करिब ७ लाख ९० हजार रुपैयाँ रहेको छ ।
तस्बिरमा तस्करीमा प्रयोग गरिएका दुई ट्रयाक्टर पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी प्रमुख नरेश भण्डारीले जानकारी दिए । बरामद गरिएको टुथपेस्ट र ट्रयाक्टरलाई ठाडी भन्सार कार्यालयमा बुझाइएको छ ।




