पर्सा । वीरगंज महानगरपालिका १६ बाट अवैध लागूऔषध खैरो हेरोइन ४२ ग्राम ७ सय २० मिलिग्रामसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँ म्याग्दे गाउँपालिका ६ घर भएका २४ वर्षीय अमित दर्जी र सोही गाउँपालिका २ घर भएका २९ वर्षीय दिपक परियार रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




