सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सोमबार शोक बिदा दिइएको छ । गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधनमा दु:ख व्यक्त गर्दै गाउँ कार्यपालिका बैठकले सोमबार पालिकाभर शोक बिदा दिने निर्णय गरेको हो ।
उपाध्यक्ष श्यामकला यादवले सूचना जारी गर्दै सोमबार गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थामा शोक बिदा दिइएको जानकारी दिए । ब्रह्मपुरी गाउँपालिका २ घर भएका ८५ वर्षीय साहको गत बुधबार बिहान काठमाडौंमा निधन भएको थियो ।
गाउँपालिका अध्यक्ष साहलाई केही समयदेखि अप्लाष्टिक एनिमिया (दुर्लभ रगत सम्बन्धी समस्या) देखिएको थियो । साह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।




