काठमाडौं । रुकुम पश्चिममा रुखले किचेर एक पुरुषको ज्यान गएको छ । सोही घटनामा अर्का पुरुष घाइते भएका छन् । घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले किचेर शुक्रबार आठबीसकोट १० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको हो ।
उनको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिए । सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएकोमा आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।




