सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ७ गणपति चोकका ४५ वर्षीय दिपक केसी आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । उनलाई शुक्रबार बिहान घरभित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
मृत्युको कारण खुल्न नसकेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोस्टमार्टमका लागि शवलाई नजिकैको अस्पतालमा पठाइएको छ । घटनाले स्थानीयहरूलाई स्तब्ध बनाएको छ ।




