सल्यान । दार्मा गाउँपालिका ४ मौलाहाल्ने बजारस्थित सडकमा रा ७ प ४५५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा चालक कुमाख गाउँपालिका ७ हिले बस्ने २६ वर्षीय गोपाल डाँगीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






