काठमाडौं । ललितपुर महानगरपालिकाले आज शुक्रबार देखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम सुरु गर्ने भएको छ । महानगरले सूचना जारी गर्दै ४५ वर्ष र सोभन्दा माथिका व्यक्तिलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्ने बताएको छ ।
खोप कार्यक्रम साउन १५, १६ र १७ गते महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन हुने सूचनामा उल्लेख छ । साथै, महानगरले साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप कार्यक्रम पनि सञ्चालन गर्ने बताएको छ ।







