काठमाडौं । जापानमा चलिरहेको टोकियो ओलम्पिकमा चीन २१ स्वर्ण पदकसहित शीर्ष स्थानमा रहेको छ । चीनले २१ स्वर्ण, १३ रजत र १२ कास्यसहित कुल ४६ पदक जितेको छ ।
यस्तै दोस्रो स्थानको जापानले १७ स्वर्ण, ५ रजत र ८ कास्यसहित ३० पदक जितेको छ । १६ स्वर्ण, १७ रजत र १३ कास्य गरी ४६ पदकका साथ अमेरिका तेस्रो स्थानमा छ ।
चौथो स्थानको रुस ओलम्पिक कमिटीले ११ स्वर्ण, १५ रजत र ११ कास्य गरी ३७ पदक जितेको छ । यस्तै अस्ट्रेलियाले १० स्वर्ण, ३ रजत र १४ कास्य गरी २७ पदकका साथ पाचौं स्थानमा रहेको छ ।
बेलायतले ८, दक्षिण कोरियाले ५, नेदरल्याण्ड, फ्रान्स र न्युजिल्याण्डले ४/४ तथा जर्मनी, क्यानडा, चेक रिपब्लिक र क्रोएशियाले ३/३ स्वर्ण पदक जितेका छन् ।






