काठमाडौं । जापानमा चलिरहेको टोकियो ओलम्पिकमा चीन २९ स्वर्ण पदकसहित शीर्ष स्थानमा रहेको छ । चीनले २९ स्वर्ण, १७ रजत र १६ कास्यसहित कुल ६२ पदक जितेको छ ।
यस्तै दोस्रो स्थानको अमेरिकाले २२ स्वर्ण, २५ रजत र १७ कास्यसहित ६४ पदक जितेको छ । १७ स्वर्ण, ६ रजत र १० कास्य गरी ३३ पदकका साथ जापान तेस्रो स्थानमा छ ।
चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्ण, ४ रजत र १५ कास्य गरी ३३ पदक जितेको छ । यस्तै रुस ओलम्पिक कमिटीले १२ स्वर्ण, २१ रजत र १७ कास्य गरी ५० पदकका साथ पाचौं स्थानमा रहेको छ ।
बेलायतले ११, फ्रान्स, जर्मनी र दक्षिण कोरियाले ६, नेदरल्याण्डले ५, इटाली, न्युजिल्याण्ड र चेक रिपब्लिकले ४/४ तथा क्यानडा, स्विट्जरल्याण्ड र क्रोएशियाले ३/३ स्वर्ण पदक जितेका छन् ।






