काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अहिलेसम्म चीनले ३४ स्वर्ण, २४ रजत र १६ काश्य जित्दै पहिलो स्थान सुरक्षित बनाएको छ । दोस्रो स्थानमा भने अमेरिका रहेको छ ।
अमेरिकाले हालसम्म २९ स्वर्ण, ३५ रजत र २७ काश्यका साथ कुल ९१ ओटा पदक जितेको छ । त्यसैगरी तेस्रो स्थानमा जापान रहेको छ । जापानले २२ स्वर्ण १० रजत र १४ काश्य गरेर कुल ४६ ओटा पदक जितेको छ ।
त्यस्तै अष्ट्रेलियाले १७ स्वर्ण, ५ रजत र १९ काश्यका साथ ४१ ओटा पदक जितेको छ । रसियन ओलम्पिकले १६ स्वर्ण, २२ रजत र २० काश्यकका साथ ५८ ओटा पदक हात पारेको छ ।
बेलायतले १६ स्वर्ण, १८ रजत र १७ काश्यसहित कुल ५१ ओटा पदक जितेको छ । यस्तै जर्मनीले ९ स्वर्ण, १० रजत र १६ काश्यकका साथ ३५ ओटा पदक हात पारेको छ ।
फ्रान्स, नेदरल्याण्ड, इटाली, न्युजिल्याण्ड र दक्षिण कोरियाले ७–७ ओटा स्वर्ण जितेका छन् । ओलम्पिक आगामी अगस्ट ८ सम्म सञ्चालन हुनेछ ।






