काठमाडौं । टोकियो ओलम्पिकको टिम च्याम्पियन अमेरिका बनेको छ । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित १ सय १३ पदक जित्यो । दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ रजत र ११ कास्यसहित ८८ पदक जित्यो ।
तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जित्यो । चौथो स्थानमा रहेको बेलायतले २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित ६५ पदक जितेको छ ।
रुसले २० स्वर्ण, २८ रजत र २३ कास्यसहित ७१ पदक जितेको छ । अस्ट्रेलिया, नेदरल्यान्ड्स, जर्मनी र इटालीले १० स्वर्ण पदक जितेका छन् । ६५ देशले कम्तीमा एउटा स्वर्ण पदक जितेका छन् ।
त्यस्तै ९३ देशले कम्तीमा एउटा पदक जितेका छन् । सन् १९९६ यता अमेरिका एउटा गृष्मकालिन ओलम्पिकमा मात्र स्वर्ण पदकका आधारमा दोस्रो स्थानमा रहेको छ ।अन्य सबैमा स्वर्ण र समग्र पदकमा पहिलो स्थानमा रहँदै आएको छ ।
सन् २००८ मा आयोजित बेइजिङ ओलम्पिकमा चीन स्वर्ण पदकका आधारमा पहिलो स्थानमा रहेपनि समग्र पदक संख्यामा भने अमेरिका नै पहिलो स्थानमा रहेको थियो । प्रतियोगितामा ३ सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । शरर्णाथी टोली र २ सय ५ देशको सहभागिता थिए ।






