एजेन्सी । चीनले संयुक्त राष्ट्र संघमा ‘अफगानिस्तानमा अमेरिका र यसका सहयोगी देशका सैनिकले गरेका अपराधको छानबिन हुनुपर्ने आवाज उठाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान जाओले संयुक्त राष्ट्र संघका लागि चिनियाँ मिसन मन्त्री जियाङ डुआनको वक्तव्यको अंश ट्विट गरेका छन् ।
जसमा लेखिएको छ, ‘अफगानिस्तानमा अमेरिकी सेना र उसका सहयोगीले गरेका अपराधको पूर्ण रूपमा र निष्पक्ष अनुसन्धान गरिनुपर्छ ।’ ट्विटमा दिइएको जानकारीअनुसार ज्याङले धेरै देशको साझा वक्तव्य पढ्दै संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदमा उक्त कुरा उठाएका हुन् ।
ट्विटमा विदेश मन्त्रालयका प्रवक्ताले लेखेका छन्, ‘विश्वले मूल्य नतिराई छुट्कारा दिँदैन, अफगानिस्तानका नागरिक स्पष्ट जवाफको हकदार छन् ।’






