काठमाडौं । लमजुङ केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ । जिल्लाको खुदि बजार केन्द्रविन्दु भएर सोमबार राति परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार साँझ ८:३० बजे ४.०१ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि १ कार्तिकमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर तीन मिनेटको अन्तरमा दुईवटा भूकम्पको परकम्प गएको थियो ।
An earthquake of Ml 4.1 occurred around khudi Bazar of Lamjung district at 20:30. NEMRC/DMG@NEOCOfficial
— NEMRC, Nepal (@NepalNsc) October 25, 2021






