एजेन्सी । फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो फेरि पिता बन्दैछन् । उनकी प्रेमिका जोर्जिना रोड्रिगेजले जुम्ल्याहा बच्चा पाउने भएकी छिन् ।
बिहीबार रोनाल्डोले आफ्नो इन्स्टाग्राममा तस्वीर राख्दै आफूहरू जुम्ल्याहा बच्चा पाउने आशमा रहेको लेखेका छन् । उनले आफ्नी प्रेमिका रोड्रिगेजसँग मुस्कुराउँदै सोनोग्राफी रिपोर्ट देखाइरहेको तस्वीर सार्वजनिक गरेका हुन् । जसमा जुम्ल्याहा बच्चा भएको देखिन्छ ।
रोनाल्डो रोड्रिगेजसँग सन् २०१६ देखि सम्बन्धमा छन् । उनीहरूको भेट म्याड्रिडस्थित एउटा गुची ब्रान्डको पसलमा भएको थियो, जहाँ मोडल रोड्रिगेज काम गर्थिन् । रोनाल्डोका अहिले चार बच्चा छन्। ११ वर्षीय क्रिस्टियानो जुनियर, चार वर्षका जुम्ल्याहा मारिया र मेटियो र तीन वर्षीया छोरी अलाना मार्टिना उनका चार बच्चा हुन् ।
३६ वर्षीय स्टार खेलाडी रोनाल्डोको इन्स्टाग्राममा ३६ करोड फलोअर्स छन् ।






