काठमाडौं । ललितपुर महानगरपालिका–१२ स्थित मंगलबजार, चक्रबहीको एक घरमा शुक्रबार आगलागी हुँदा एकै परिवारका चार जनाको निधन भएको छ । ललितपुर प्रहरीका अनुसार लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगो लागेको थियो ।
मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाति निर्जल रहेका छन् । त्यस्तै, लक्ष्मीकृष्णका छोरा ४२ वर्षका निरज ताम्राकार र ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकार घाइते छन् । उनीहरुको अहिले पाटन अस्पतालमा उपचार भैरहेको छ ।
परिवारका सदस्यहरु घरको तेस्रो तलामा म्हः पूजामा व्यस्त थिए । घरको दोस्रो तलामा बालेको दियोको आगो सल्किएर सिलिण्ड विस्फोट हुँदा यस्तो दुर्घट्ना भएको जनाईएको छ ।






