एजेन्सी । अमेरिकाको मिशिगनमा जन्मिएकी एलीन वुर्नोसलाई अदालतले सात जनाको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियाे । इलिन, जो एक यौनकर्मी थिइन्, उनले आफ्ना ७ ग्राहकहरूलाई गोली हानेर मारिन् ।
इलिन वुर्नोसकोमा जन्म १९५६ मा भएको थियो । एलीनका आमा-बाबु उनी जन्मनुअघि नै अलग भए । जब उनी चार वर्षकी थिइन्, उनी र उनको भाइलाई हजुरबा हजुरआमासँग बस्न पठाइयो । उनले किशोरावस्थामा स्कूल छाेडिन् र पछि यौनकर्मी बनिन् ।
रिपोर्टका अनुसार सन् १९८९–१९९० मा एलीनले फ्लोरिडामा सात जनाको गोली हानी हत्या गरिन् । ती व्यक्तिले उनीसँग जबरजस्ती सम्बन्ध राख्न खोजेको र यी सबै हत्या आत्मरक्षाका लागि भएको दाबी गरिएको छ । उनीकहाँ सात जना ग्राहक आएका थिए ।
अदालतको लामो सुनुवाइ पछि, एलीन वुर्नोसलाई अन्ततः सात जना मध्ये छ जनाको हत्या गरेको र मृत्युदण्डको सजाय सुनाइयो । एलीनलाई सन् २००२ मा विष सुई लगाएर मारिएको थियो । तर, कागजात अनुसार, एलीन हत्या अघि धेरै पटक पक्राउ परेकि थिइन् । उनीविरुद्ध कुटपिट, डकैती, कार चोरी, गिरफ्तारीको विरोध, किर्ते, मादक पदार्थ सेवन गरी सवारी चलाउने जस्ता धेरै मुद्दा दर्ता भएका छन् । उनीसँग बन्दुक पनि थियो ।
किन अहिले चर्चामा छ १९ वर्ष पुरानो मुद्दा ?
एलीन वुर्नोसको मृत्यु भएको १९ वर्षपछि नेटफ्लिक्समा आएको फिल्मका कारण उनको नाम फेरि चर्चामा छ । ट्रु क्राइम शोको दोस्रो एपिसोडले एलीनको अपराध वरपरका घटनाहरूलाई चित्रण गर्दछ । फिल्म हेरेपछि धेरै प्रयोगकर्ताले उनीप्रति सहानुभूति प्रकट गरिरहेका छन् । उनीहरूले एलीनको कथालाई गलत रूपमा प्रस्तुत गरिएको आरोप लगाएका छन् ।




