एजेन्सी । रिटायर्ड रेलवे कर्मचारीकी छोरी सम्बन्धविच्छेद गरेर बाबुको घरमा बस्दै आएकी थिइन् । सम्पत्तिको विवादमा उनले आफ्नै बुबाको निर्मम हत्या गरिन् । यो घटना पश्चिम बंगालको हुगली जिल्लाको हो ।
हुगलीको उत्तरपारामा शनिबार एक छोरीले आफ्नै बुवाको टाउकोमा प्रहार गरि निर्ममतापूर्वक हत्या गरेकि हुन् । मृत्यु हुनेको नाम ६२ वर्षीय कालीपाडो दास हो, जो सेवानिवृत्त रेलवे कर्मचारी हुन् । कालीपादकी छोरी केया दास श्रीमानसँग सम्बन्धविच्छेद गरेपछि एक मात्र छोरा अभिषेक अधिकारीका साथमा बुबासँग बस्दै आएकी थिइन् ।
चन्दननगर प्रहरी आयुक्तालयका डीसीपी डा. अरविन्द आनन्दका अनुसार प्रहरीले आईपीसीको धारा ३०४ अन्तर्गत मुद्दा दर्ता गरी आरोपीलाई पक्राउ गरेको छ । घटनाबारे सोधपुछ भइरहेको छ । छोरीको बाबुसँग सम्पत्तिको विवाद भएकोले दुवैबीच झगडा बढेको पनि उनले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा कियाको सम्बन्धविच्छेदपछि बाबु र छोरीबीच सधैँ मनमुटाव हुने गरेको खुलेको छ । शनिबार सारा हद पार गरेपछि छोरीले आक्रोशित भई बाबु छोरीको पवित्र सम्बन्धलाई कलंकित पारेर बुवाको टाउकोमा इँटाले हानेर हत्या गरिन् ।






