एजेन्सी । मध्यप्रदेशको खरगोनमा इन्जिनियर श्रीमानले बाथरुममा नुहाइरहेकी श्रीमतीमाथि करेन्ट लगाएका छन् । महिलालाई गम्भीर अवस्थामा जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । दोश्रो बिहे गर्न इन्जिनियर श्रीमानले हत्या गर्न खोजेको युवतीले आरोप लगाएकी छिन् ।
खरगोन सहरको बिस्तान रोडस्थित बृजविहार कोलोनीमा बस्ने झिरन्याको विद्युत् कम्पनीमा कार्यरत एक कनिष्ठ इन्जिनियरले दोस्रो विवाह गर्न आफ्नी श्रीमतीलाई विद्युत् प्रहार गरी हत्या गर्ने प्रयास गरेका थिए । छिमेकीले उनको ज्यान बचाए ।
महिलालाई गम्भीर अवस्थामा जिल्ला अस्पतालमा भर्ना गरिएको छ । अहिलेसम्म प्रहरीले घटनामा संलग्न इन्जिनियरलाई पक्राउ गर्न सकेको छैन । महिलाका २ सन्तान पनि छन् । नेहा र मुकेशले २०१३ मा विवाह गरेका थिए ।
पीडित महिला नेहाले आफ्ना श्रीमान् मुकेश डावरले दिनहुँ कुटपिट गर्ने बताइन् । खाना पकाउने क्रममा उनलाई कुटपिट गरे । केही समयपछि उनी नुहाउन बाथरुममा गइन् । त्यही क्रममा मुकेशले बाथरूममा करेन्ट छोडेर ट्याप अन गरे । करेन्ट लागेपछि उनी चिच्याउन थालिन् । वरपरका मानिसहरूले उनलाई बाहिर निकालेर जिल्ला अस्पतालमा भर्ना गरे ।
महिलाको बयान लिएपछि अतिरिक्त एसपी डा. निरज चौरसिया महिलाको बयान लिइएको बताउँछन् । उनका अनुसार महिलाले लगाएको आरोपबारे अनुसन्धान भइरहेको छ । अभियुक्त छिट्टै पक्राउ पर्नेछ ।




