काठमाडाैं । वायु प्रदूषण खतरनाक अवस्थामा पुगेपछि दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । वायु प्रदूषण खतरनाक अवस्थामा पुगेपछि दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको हाे ।
वायुको गुणस्तर मङ्गलबार ३९६ रहेकोमा बुधबार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन् ।
तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो । प्रदूषण धेरै हानिकारक अवस्थामा पुगेकाले केही समय लकडाउन गर्न सरोकारवालाले सुझाव दिएका छन् । त्यसैगरी चिकित्सकले पनि केही दिन घरबाहिर ननिस्कन र विषेश गरेर बालबालिकालाई प्रदूषणबाट जोगाउन ध्यानाकर्षण गराएका छन् ।
मानिसहरूलाई घरबाटै काम गर्न भनिएको छ भने अत्यावश्यक सामान बोक्ने ट्रकबाहेक अन्य मालबाहक ट्रकलाई राजधानी प्रवेशमा बन्देज लगाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
झण्डै २ करोड मानिस बस्ने दिल्ली विश्वमै सबैभन्दा प्रदूषित शहरमा पर्छ । हिउँदमा प्राय: बाक्लो धुँवा र धूलोले ढाकिने दिल्लीमा यस पटक वायु प्रदूषण निकै घातक बन्न पुगेको छ। वायु प्रदूषण बढ्दै गएपछि दिल्ली सरकारले शनिबार सबै विद्यालय १ हप्ता बन्द गर्न र ४ दिन निर्माण कार्य रोक्न आदेश गरेको थियो । तर दिल्लीको वायु गुणस्तर व्यवस्थापन आयोगले मंगलबार अबेर पारित गरेको आदेशमा अर्को सूचना जारी नभइन्जेलसम्मका लागि सबै शैक्षिक संस्था बन्द गर्न भनिएको छ ।
त्यस्तै, नयाँ दिल्ली वरपरका कोइलाबाट चल्ने पावर प्लान्ट समेत अस्थायी रुपमा बन्द गरिएको छ । यसबाहेक, सरकारी कार्यालयका ५० प्रतिशत कर्मचारीलाई नोभेम्बर २१ सम्म घरमै बसेर काम गर्न र निजी क्षैत्रका कर्मचारीलाई समेत सोही अनुसार काम गर्न भनिएको छ ।




