एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १४ औं संस्करण अप्रिल ९ बाट सुरु हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नयाँ संस्करणको मिति सार्वजनिक गरेको हो ।
सार्वजनिक मिति अनुसार प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ । प्रतियोगिताको सबै खेल बन्द रंगशालमा देखिने बीसीसीआईले जनाएको हो । यो संस्करणको आईपीएल बैंगलोर, चेन्नई, दिल्ली, अहेमदाबाद, मुम्बई र कोलकातामा हुनेछन् ।
आईपीएलको पहिलो खेलमा साबिकको विजेता टोली मुम्बई इन्डियन्सले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । पहिलो खेल चेन्नईमा हुनेछ । प्रतियोगिताको फाइनल खेल अहमदाबादमा हुनेछ ।






