एजेन्सी । यसअघि पशुपक्षीमा मात्रै देखिने गरेको बर्डफ्लु पहिलो पटक मान्छेमा पनि भेटिएको छ । रुसमा पहिलो पटक मान्छेमा बर्डफ्लु भेटिएको हो । अन्तराष्ट्रिय सञ्चार माध्यमले रुसको एउटा पोल्ट्री फर्ममा काम गर्ने सात जना मान्छेमा बर्डफ्लु भाइरस भेटिएको समाचार प्रकाशन गरेका छन् ।
मानिसमा समेत बर्डफ्लुको भाइरस भेटिएपछि उच्च सतर्कता अपनाइएको रुसी अधिकारीले बताएका छन् । रुसी वैज्ञानिकले अहिलेसम्म मानिसमा नभेटिएको बर्डफ्लु मानिसबाट अन्य मानिसमा सर्ने सम्भावना रहेकाले चुनौती थपिएको बताएका छन् ।






