काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूसँग देश चलाउन पैसा नभएको र ऋण बढ्दै गएको बताएका छन् ।
मङ्गलबार इस्लामावादमा आयोजित एक कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्रीले जसरी घरमा आम्दानी कम र खर्च बढी हुन्छ भने त्यो घर समस्यामा रहन्छ, पाकिस्तानको पनि त्यस्तै हालत रहेको बताए । इमरान खानले भने, ‘हाम्रो सबैभन्दा ठूलो समस्या भनेको देश चलाउनको लागि धेरै पैसा छैन । जसका कारण हामीले ऋण लिइरहेका छौँ ।’
उनले भविष्यका लागि बचत र लगानीका हिसाबले पाकिस्तान पछाडि रहेको बताए । इमरान खानले भने, ‘पाकिस्तानमा कर संस्कृति कहिल्यै सिर्जना भएको थिएन । कर छली नराम्रो कुरा हो, जनताले बुझेका पनि थिएनन् । पाकिस्तानमा कर तिर्ने संस्कृति किन छैन भन्ने विषयमा मैले सोचेँ । नतिजामा दुई–तीनवटा कुरा आए । पहिला हामी उपनिवेश थियौँ, त्यसबेला विदेशीले किन कर तिर्ने भन्ने सोच्ने गर्थे । विदेशीको शासनमा कर छली हुनु स्वाभाविक कुरा थियो । यी करहरूले हामीलाई मात्र फाइदा पुग्छ भन्ने सोच्नेहरू अन्यथा सोच्छन् ।’
कर संस्कृतिलाई प्रोत्साहन नमिलेको पनि उनले बताए । उनले भने, ‘हामी स्वतन्त्र हुँदा पनि शासक वर्गले करको संस्कृतिलाई बढावा दिएनन् । तर, शासक वर्गको जीवनशैलीका कारण जनताले पनि आफ्नो कर शासक वर्गको हितमा नभई आफ्नो हितका लागि राम्रो हुने महसुस गरेनन् ।’




