काठमाडौं । कोरोना संक्रमणविरुद्धको खोप लगाएकी मकवानपुर, हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना संक्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना संक्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ । रासस






