काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ को ड्राफ्टमा बिकेका छैनन् । जारी ड्राफ्टमा सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन् । सन्दीप प्लाटिनम श्रेणीमा ड्राफ्टमा थिए । तर सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन् ।
सन्दीपलाई कुनैपनि टोलीले लिन ईच्छा देखाएनन् । मुल्तान सल्तानले प्लाटिनमा सिंगापुरका टिम डेविडलाई अनुबन्ध गर्यो । प्लाटिनमा कराँची किंग्सले इंग्ल्यान्डका क्रिस जोर्डन, इस्लामबाद युनाइटेडले न्युजिल्यान्डका कोलिन मुनरो, पेशावार जाल्मीले अफगानिस्तानका ओपनर हज्रातुल्लाह जजाई र क्वेटा ग्याडियटर्सले इंग्ल्यान्डका जेसन रोयलाई अनुबन्ध गरेको छ ।
नेपालबाट प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने र सिल्भर क्याटेगोरीमा ९ खेलाडी छन् । विकेटकिपर विनोद भण्डारीले गोल्ड क्याटेगोरीमा नाम दर्ता गराएका छन् । सिल्भरको विदेशी कोटामा सुशन भारी, सोमपाल कामी, साहब आलम, शरद भेषावकर, सुवास खकुरेल, ललित नारायण राजवंशी, पवन सरार्फ, वसन्त रेग्मी र विक्रम सोबले नाम दर्ता गरेका थिए ।
हरेक टोलीले समान ३९३ प्लाटिनम, डायमन्ड र गोल्ड क्याटेगोरीका खेलाडी अनुबन्ध गर्नुपर्ने हुन्छ । पाँच सिल्भर, इमर्जिङ र पूरक दुई दुई खेलाडी अनुबन्ध गर्न पाउछन् । १६ कुल खेलाडी भएमा ११ पाकिस्तानी खेलाडी हुनुपर्छ । १८ खेलाडी भएमा १२ पाकिस्तानी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्छ ।
प्लेइङ ११ मा एउटा टोलीले बढिमा ४ मात्र विदेशी खेलाडी खेलाउने पाउने गर्दछन् । सिल्भरमा रहेकाले १५ हजार देखि २५ हजार डलर सम्म रहनेछ । गत वर्ष प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने विकेका थिएनन् । पीएसएल २०२२ आगामी २७ जनवरी देखि फेब्रुअरी २७ सम्म पाकिस्तानमा हुनेछ ।




