गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाकै बिरबासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीदरबार गाउँपालिका-४ बिरबासका ३० वर्षीय पदम ढेगा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मोटरसाइकल अन्यन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । सुरुमा घाइते भएका उनको उपचारको क्रममा ढेगाकै श्रङगा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी लगिएको छ । मोटरसाइकलको पछि बसेका सवार बिरबासका ३१ वर्षीय धनकुमार ढेगा भने सामान्य घाइते भएका छन् । घटनाको सम्बन्धमा गुल्मी प्रहरीले अनुसन्धान गरिरहेको छ ।






