काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २१९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं जिल्लामा १ हजार ५१९ जना, ललितपुरमा ४८६ जना र भक्तपुरमा १४२ जना गरि कुल २ हजार २१९ जना संक्रमित थपिएका हुन् ।
हाल काठमाडौं उपत्यकामा कुल १२ हजार ८१४ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौंमा ९ हजार ६१ जना, ललितपुरमा २ हजार ३८२ जना र भक्तपुरमा १ हजार ३७१ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा थप ४ हजार ६३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३ हजार ७०३ र एन्टीजेन परिक्षणबाट ९३३ गरि कुल ४ हजार ६३६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार १९३ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।




