काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ हजार ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार उपत्यकामा मात्रै थप ३ हजार ३४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
त्यसमध्ये काठमाडौंमा २ हजार ५४५, ललितपुरमा ४७४ र भक्तपुरमा ३२८ जना संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको छ ।
१५ हजार १३१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । योसँगै देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन् । यसको संक्रमणबाट थप तीन जनाले ज्यान समेत गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार ४३५ जना संक्रमित निको भएर घर समेत फर्किएका छन् ।




