एजेन्सी । भारतमा पछिल्लो २४ घन्टामा १ लाख ७२ हजार ४३३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बिहिबार केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २ लाख ५९ हजार १०७ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै थप १ हजार ८ जनाले संक्रमणले ज्यान गुमाएका छन् । अहिले त्यहाँ १५ लाख ३३ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ । यस अवधीमा ८७ हजार ६८२ जना सक्रिय संक्रमित घटेका समाचारमा जनाइएको छ ।
भारतमा लगातार १० औं दिनसम्म सक्रिय संक्रमित संख्या घटेको मन्त्रालयले बताएको छ ।हालसम्म कुल ३ करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना निको भएका छन् ।




