सर्लाही । युवा संघ नेपाल सर्लाहीले (एमाले) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्त नै रहेको बताएको छ । नेकपा (एमाले) को नेपाल–खनाल समूह निकट युवा संघका जिल्ला अध्यक्ष जय बहादुर गोलेद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा नेकपा (एमाले) सर्लाहीका जिल्ला अध्यक्ष पन्त नै रहेको बताइएको छ ।
पार्टीको विधि, विधान र प्रक्रिया अनुसार भएको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष पन्तलाई कार्वाही गरेको भन्ने विज्ञप्ती प्रकासित गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका ९ जना नेताले मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टीको हित विपरीत काम गरेको भन्दै अध्यक्ष पन्त अब एमालेको जिल्ला अध्यक्ष नरहेको घोषणा गरेका थिए ।
सो विज्ञप्तीको खण्डन गर्दै युवा संघ नेपाल सर्लाहीले पनि प्रेस विज्ञप्ती जारी गरि अध्यक्ष पन्तलाई केही व्यक्तिले हटाएको भन्ने दावी गर्नु आफैमा हाँस्यास्पद र अराजकताको विषय भएको उल्लेख गरेको छ ।
यस्ता भ्रमपूर्ण र हास्यास्पद लेखाईबाट भ्रममा नपर्न पनि विज्ञप्तीमा आग्रह गरिएको छ । एमाले जिल्ला अध्यक्ष पन्त स्वयंले पनि आफूलाई जिल्ला अध्यक्ष होईन् भनेर निकालिएको विज्ञप्ती हास्यापद र फट्याइएको कदम भएको प्रतिक्रिया दिनु भएको छ ।
अध्यक्ष पन्तलाई एमालेका ३ जना केन्द्रीय सदस्यहरु र ६ जना पार्टी विभाजनको समयमा केन्द्रीय सदस्य बनाइएका जिल्ला कमिटिका सदस्यहरुले कार्बाही गरेको विज्ञप्ती जारी गरेका थिए ।






