काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ मा वर्ड फ्लू भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गोकर्णेश्वर नगरपालिका ३ को एक फर्ममा पालिएका कुखुराको नमूना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार चितवनको राप्ती नगरपालिकामा ६ को एक कृषि फर्मका कुखुरामा पनि बर्डफ्लु पुष्टि भएको छ । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षण बर्ड फ्लू रोग पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
प्रभावित क्षेत्रमा बर्ड फ्लूलाई नियन्त्रण गर्ने कार्य भइरहेको पनि उनले बताए । ती क्षेत्रमा सतर्कता अपनाउन समेत सहप्रवक्ता डा. अधिकारीले आग्रह गरेका छन् । उनले भने, ‘हाल पुष्टि भएको एपी वान इन्फुलुन्जा पन्छीहरुमा संक्रमण भएको र यसले मानिसहरुलाई पनि संक्रमण गराउन सक्छ ।’




