एजेन्सी । विश्वका शीर्ष अर्बपतिहरुमध्येका एक माइक्रोसफ्टका संस्थापक बिल गेट्सले विश्वमा फेरि कोरोनाजस्तै अर्को महामारी आउन सक्ने चेतावनी दिएका छन् । बिल गेट्सले कोभिड-१९ बाट गम्भीर बिरामी हुने जोखिम नाटकीय रुपमा कम भएको कुरा स्वीकार पनि गरेका छन् ।
सीएनबीसीसँगको अन्तर्वार्तामा बिल गेट्सले भविष्यमा महामारीहरु कोरोना भाइरस परिवारबाट फरक कीटाणुबाट आउन सक्ने बताएका छन् ।
‘तर, चिकित्सा प्रविधिमा भएको प्रगतिको सहयोगले विश्वले यसलाई अझ राम्रोसँग सामना गर्न सक्छ’, उनले आशा व्यक्त गर्दै भने, ‘यद्यपि यसका लागि अहिलेदेखि नै लगानी गर्नुपर्छ ।’
बिल गेट्सले विगत दुई वर्षदेखि कोरोना आफूहरु माझ रहेको र यसको नराम्रो प्रभाव अहिले कम हुँदै गएको बताए ।






