काठमाडौं । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । आजको संसद बैठकमा एमसीसीमाथि छलफल हुने भएपछि प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको हो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका छन् । प्रहरीले पनि अश्रुग्यास, पानीको फोहोरा र लाठी चार्ज गरेको छ । बानेश्वर क्षेत्रमा रोड खाली गरेर प्रहरीले ब्यारिकेड राखेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका छन् ।
एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाली कांग्रेस (बीपी) लगायतले प्रदर्शन गरिरहेका छन् । सशस्त्र र जनपद प्रहरी बानेश्वर क्षेत्रमा परिचालित छन् ।
संसद भवनको सुरक्षालाई ध्यानमा राखेर बुधवार नै कम्पाण्डमा काँडेतार लगाइएको छ । माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।




