दोलखा । दोलखाको भीमेश्वर नगरपालिका-३ मा हात खुट्टा र मुख बाँधेर गाडेको अवस्थामा एक युवकको शव फेला परेको छ । शुक्रबार दिउँसो बाँदर धपाउन आएका स्थानीयहरूले आधा गाडिएको अवस्थामा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पहिचान नखुलेका अन्दाजी २० वर्षीय युवकको खुट्टा र मुख बाँधिएको अवस्थामा शव फेला परेको हो । खाल्डो खनेर गाडिएको भए पनि आधा भाग देखिएको थियो ।
हत्या गरेर शव लुकाउन गाडिएको हुन सक्ने प्रहरीले जनाएको छ । खुट्टा र मुख दुवै बाँधिएकाले हत्या गरेर शव गाडिएको हुन सक्ने भन्दै अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।






