एजेन्सी । भारत उत्तराखण्डको उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । मध्यप्रदेशबाट ३० तीर्थयात्रीलाई लिएर चारधाम यात्रामा निस्किएको बस उत्तरकाशीमा भीरबाट तल खसेको हो ।
भारतको दैनिक भास्करका अनुसार दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । युके ०४ १५४१ नम्बरको बस हरिद्वारबाट उत्तरकाशीतर्फ गइरहेको थियो ।
उत्तरकाशीका प्रहरी अधिकारी अशोक कुमारका अनुसार हालसम्म २३ जनाको शव फेला परिसकेको छ भने घाइतेलाई अस्पताल पु(याइएको छ । भीरमा बस खसेकाले शव संकलन तथा घाइतेको उद्धारमा कठिनाई भएको बताइएको छ ।






