काठमाडौं । दैलेखमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा दुल्लु नगरपालिका–२ का ३२ वर्षीय पुरुष छन् । उनी शुक्रबार मात्र भारतको बम्बईबाट घर आएको जानकारी भएको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले बताए ।
उनका अनुसार भारतबाट कोरोना पुष्टि भएर आएका ती पुरुषको शनिबार बिहान ज्यान गएको हो । शनिबार नै उपचारका लागि दुल्लु अस्पतालमा भर्ना गरिएका युवकको दिउँसो २ बजे ज्यान गएको भण्डारीले जानकारी दिए ।
भारतमा कोरोना पोजेटिभको डकुमन्ट उनको साथमा भेटिएको र नेपालमा आए पछि उनले कोरोना संक्रमित भएको डकुमेन्ट लुकाएको हुन सक्ने आशंका गरिएको छ ।
यता स्वास्थ्य सेवा कार्यालय दैलेखले भने उनले नेपाल लगायत दैलेखमा कुनै किसिमको चेक नगराएको कारण संक्रमित हुन या अन्य कुनै कारणले ज्यान गएको भन्ने बारेमा आफुहरुलाई थाहा नभएको जनाएको छ ।






