सर्लाही । सर्लाहीको लालबन्दीमा लायन्स क्लब अफ लालबन्दी सिटीले निःशुल्क मोतियाबिन्दु शिविर सञ्चालन गरेको छ । लालबन्दी नगरपालिका ७ मा रहेको जानकी माविको प्राङ्गगणमा आयोजना गरिएको शिविरमा ४ सय ८० जनाको चेकजाँच गरिएको सगरमाथा चौधरी आखां अस्पताल लहानले जनाएको छ ।
“मास्क लगाऊ कोरना भगाऊ भन्दै “निःशुल्क मास्क बितरण गर्दै लायन्स क्लब अफ लालबन्दी सिटीले निःशुल्क मोतियाबिन्दु शिविरको आयोजना गरेको हो । सगरमाथा चौधरी आखां अस्पताल लहानको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ लालबन्दी सिटीको आयोजनामा भएको कार्यक्रममा एक सय जनाको मोतिया बिंन्दुका बिरामीहरू र बाकी २ सय ५ जनालाई निःशुल्क औषधी बितरण गरीएको लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष राज कुमार न्यौपानेले जानकारी दिनुभयो ।
अप्रेसन गर्नुपर्ने अवस्थाका विरामी भएमा निःशुल्क अप्रेसन सहितको सेवा प्रदान गर्ने लक्ष्यका साथ आयोजना गरिएको शिविरमा १ सय जनाको अप्रेसन गर्नुपर्ने भएकाले ५०/५० जना गरि आज (आईतबार) र भोली (सोमबार) त्यस्ता बिरामीहरुलाई सगरमाथा चौधरी आँखा अस्पताल लहान लगिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । सगरमाथा चौधरी आँखा अस्पताल लहानका डा.राज कुमार यादव लगायतको प्राविधिक टिमले आँखाका रोगीहरुको चेकजाँच र उपचार गर्नु भएकोथियो ।






