एजेन्सी । आईपीएल २०२१ मा रोयल चैलेन्जर बंग्लोरको लागि ग्लेन मैक्सवेलले गरेको प्रदर्शन चर्चाको विषय बनेको छ । भूतपूर्व क्रिकेटरदेखि क्रिकेट प्रेमीहरूसम्म सबै जना यस सीजनमा उनको प्रदर्शन देखेर मन्त्रमुग्ध भएका छन् ।
तीमध्ये इंग्ल्यान्डका पूर्व कप्तान माइकल वॉनको भनाइ छ कि अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल आफ्नो फार्म जारी नै राखे भने चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा टूर्नामेन्ट उत्कृष्ट खेलाडी हुने बताएका छन् ।
गत वर्ष २०२० मा म्याक्सवेलको प्रदर्शन निराशाजनक थियो, तर बंग्लोरको रंगमा उनी उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । चेन्नईको एमए चिदम्बरम स्टेडियममा, जहाँ धेरै ब्याट्सम्यानले रन बनाउन संर्घर्ष गरिरहेका छन्, त्यहाँ उनले सहजै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
आज सम्मपन्न खेलमा उनी र एबी डिभिलियर्सको प्रदर्शनमा आरसीबीले २०४ रन ४ विकेट गुमाएर बनायो । साथै ३२ वर्षीय म्याक्सवेल टूर्नामेन्टमै धेरै रन बनाउनेमा अग्रणी रन बनाउनेमा पर्छन् ।
आइ ए चिदम्बरम स्टेडियममा कोलकाता नाइट राइडर्स (केकेआर) लाई ३८ रनले हराएर इन्डियन प्रिमियर लिग (आईपीएल) मा आरसीबीले आइतबार उत्कृष्ट रुपमा खेल जित्न सफल भयो ।
Love watching @Gmaxi_32 Bat .. He might just end up being the player of the tournament .. slightly under the radar in the same team as @imVkohli & @ABdeVilliers17 !!! @RCBTweets looking the strongest I have seen them … #IPL2021 @cricbuzz
— Michael Vaughan (@MichaelVaughan) April 18, 2021






