काठमाडौं । त्रिदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले मलेसिया माथि ९ विकेटको जित हात पारेको छ । कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट इनिङ खेलेपछि नेपालले ४७ बल बाँकी छँदै जित हात पारेको हो ।
आज नेपालले खेल जितेपछि पारसले ट्वीट गर्दै खेलडीहरुको प्रदर्शनको प्रशंसा गरेका छन् । पहिलो खेलमा नेदरल्याण्डलाई पराजित गरेपछि पारसले ट्वीट गर्दै कुशल भुर्तेल र आसिफ शेखको प्रशंशा गरेका थिए । उनले कुशल र आसिफको प्रदर्शनलाई अद्भूत भनेका थिए ।
नेपालले नेदरल्याण्डमाथि शानदार जीत हात पारेसँगै सामाजिक संजालमा यसको चर्चा भएको थियो । माइक्रोब्लगिङ साइट ट्वीटरमा लगातार क्रिकेट सम्बन्धी ह्याशट्यागहरु ट्रेन्ड गरिरहेका छन् ।
त्यस्तै नेपालले आज मलेसियालाई ४७ बल बाँकी छँदै ९ विकेटले पराजित गरेको हो । ओपनर कुशल भुर्तेल र आसिफ शेखको लगातार उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजको दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित हात पारेको छ ।
जितको लागि १ सय १० रनको विजयी लक्ष्य नेपालले १२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका ओपनर कुशल भुर्तेल ४१ बलमा ३ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहे ।
आसिफ शेख २९ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि कुशल र आसिफले ११.१ ओभरमा १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित हात पारेको हो ।
नेपालले दुई ओपनरले दोस्रो खेलमा पनि शतकीय साझेदारी गरेका हुन् । विजयी चौका प्रहार गरेका दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे । कुशल नेदरल्यान्ड्सँग ६२ रनमा आउट हुँदा आसिफ ५४ रनमा अविजित रहेका थिए ।
यी दुई ओपनरले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । कुशल भुर्तेल नेपालबाट टि २० आईमा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । कुशलले २६ बलमा अर्धशतक प्रहार गरे ।
पहिलो खेलमा कुशलले ३० बलमा अर्धशतक पूरा गरेका थिए । मलेसिया विरानदीप सिंहले १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा अलआउट भयो ।
मलेसिया ओपनर सायद अजिजले २४ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक २७ रनको योगदान दिए । नेपालको बलिङ सामू मलेसिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
करण केसीको दोस्रो ओभरको चौथो बलमा ओपनर अनवार अरुद्दीन एज लागेर विकेटकिपर विनोद भण्डारीबाट ८ रनमा क्याच आउट हुन पुगेका थिए । ओपनर अनवार र सायद अजिजले पहिलो विकेटका लागि १७ रनको साझेदारी गरेका थिए । त्यसपछि मलेसियाले लगातार विकेट गुमाउन पुग्यो ।
नेपालका तीव्र गतिका बलर करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, साहब आलम र कुशल मल्लले १–१ विकेट लिए ।
नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेपाल ४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्स २ खेलमा २ अंकका साथ दोस्रो र मलेसिया पुछारमा छ । नेपालले आफ्नो तेस्रो खेल मंगलबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।
Great Team Effort ..
Let’s keep building on this ..
👏👏 pic.twitter.com/FIuzcNgyWw— Paras Khadka (@paras77) April 19, 2021






