काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमित नर्सको ज्यान गएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाका अनुसार २० वर्षीय उनको उपचारका क्रममा ज्यान गएको हो । उनी तीन महिनाको सुत्केरी थिइन् ।
कोरोना संक्रमण देखिएपछि उनलाई वैशाख १ गते अस्पतालमा भर्ना गरिएको थियो । यसअघि पनि नेपालमा अनमी र नर्सको कोरोना संक्रमणपछि ज्यान गएको थियो ।






