एजेन्सी । भारतको मध्य प्रदेशको खरगोनमा यात्रीले खचाखच भरिएको एक बस पुलको रेलिङ तोडेर खोलामा खसेको छ । दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ । बस बिहान ८ बजेर ४० मिनेटमा रेलिङ तोडेर नदीमा खसेको थियो ।
समाचार एजेन्सी एएनआईका अनुसार मध्य प्रदेश सरकारले खरगोन बस दुर्घटनामा मारिएकाहरूको परिवारलाई ४–४ लाख र गम्भीर रूपमा घाइतेलाई ५०–५० हजार दिने घोषणा गरेको छ । यस्तै, सामान्य रूपमा घाइतेलाई २५–२५ हजार भारुको आर्थिक सहायता दिने जनाएको छ ।






