एजेन्सी । जम्मुको कटराबाट १५ किलोमिटर टाढा झज्जर कोटली नजिक मंगलबार बिहान एउटा बस पुलबाट खसेर दुर्घटना भएको छ । उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
स्थानीय बासिन्दा, सीआरपीएफ र एसडीआरएफले घटनास्थलमा मानिसहरूको उद्धार गरेको छ । बस अमृतसरबाट वैष्णोदेवी जाँदै थियो । त्यसमा ७५ यात्रु सवार थिए । सबै यात्रु बिहारका हुन् ।
जम्मूका उपायुक्त अवनी लवासाले दुर्घटनामा ४ जना गम्भीर घाइते भएको बताए । अरुलाई सामान्य चोट लागेको छ । गम्भीर घाइतेलाई जीएमसी जम्मुमा भर्ना गरिएको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको समाचार दैनिक भास्करमा छ ।






