रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिका २ फतुहाबाट कार्तिक १४ गते करिव १ लाख १६ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ता कपडासहित मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।
भारतबाट अवैध रुपले बीआर ०५ एल ३५९० नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको लत्ता कपडा बिल बिजक फेला नपरेपछि नं. ११ गण रौतहटले नियन्त्रणमा लिएको हो ।
यसैगरी सोही जिल्लाको यमुनामाई गाउँपालिका ४ बमनहर ईलाकाबाट कार्तिक १३ गते करिव १ लाख ३२ हजार रुपैयाँ बराबरको लत्ता कपडा समेत बरामद गरेको छ ।
बिलबिजक नभएको उल्लेखित मुल्यको लत्ता कपडा सुरक्षा बेश फतुहाले बरामद गरेको हो । बरामद लत्ता कपडा तथा मोटरसाईकल गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।




