जनकपुर । जनकपुरधाम उपमहानगरपालिका ३ मा युवाहरु बीच कुटाकुट भएको छ । मदिराको नशामा पाँच भारतीय युवक आपसमा कुटाकुट गरेपछि प्रहरीले पक्राउ गरेको छ ।
भारत विहारको सितामढी जिल्लाका २५ वर्षीय सोनु कुमार, सोही ठाउँका ३१ वर्षीय सुरज राय, २२ वर्षीय महेश कुमार सिंह, उमेर नखुलेका हिमांशु शेखर र प्रभाकर नामका युवक पक्राउ परेका हुन् ।
कुटाकुट गर्दा दुई जना घाइते भएका छन् । सामाजिक सञ्जालमा केहि व्यक्तिले पक्राउ परेका भारतीयहरूलाई अपहरणकारी भनेका छन् । यस बारे प्रहरीले अपहरणकारी होइन, मदिरा सेवन गरी कुटाकुट गरेको जनाएको छ ।
भारतको विहार राज्यमा मदिरा निषेध छ । त्यसैले विहारका मानिस नेपाली बजारमा आएर मदिरा सेवन गरेको बुझिएको छ । पछिल्लो समय यहाँ घटेका अधिकांश घटनामा भारतीय नागरिक र गाडी अपराधिक क्रियाकलापमा संलग्न रहने गरेको पनि देखिएको छ ।




