वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज-१६ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा भारत बिहारको मोतीहारी जिल्लाका २७ वर्षीय भुलावन पटेललाई खैरो हिरोइनजस्तो देखिने पदार्थ ४९.५२० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, रजतजयन्ती चोकबाटै बाराको कलैया उपमहानगरपालिका ६ बस्ने वर्ष ३१ का सन्तोष महतोलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट सेतो प्लाष्टिकको झोलामा लागुऔषध नाइट्राभेट ३ डिब्बामा ९०० ट्याब्लेट बरामद गरिएको पर्साका प्रहरीले जनाएको छ ।




