महोत्तरी । महोत्तरीको औरही नगरपालिकाबाट एकै साथ पाँच जना किशोरी बेपत्ता भएका छन् । उनीहरु मंगलबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
औरही नगरपालिका २ का १६ वर्षीय बसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मंगलबारदेखि सम्पर्कविहीन भएका हुन् ।
ती किशोरीहरू मंगलबार बिहान ११ बजे घरबाट हिँडेको र साँझ ५ बजेसम्म घर नफर्केपछि आफूहरूलाई परिवारजनद्वारा जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
यसअघि पनि महोत्तरीको भङ्गाहा नगरपालिका ८ धर्मपुरमबाट घाँस काट्न भनी घरबाट निस्किएकी ७ जना किशोरीहरू सम्पर्कविहीन भएका थिए । उनीहरुलाई २ दिनपछि भारत बिहारको सितामढी स्टेसनबाट उद्धार गरिएको थियो ।




